थापाथलीका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहमन्त्रालयको सहयोग « Khabarhub

थापाथलीका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहमन्त्रालयको सहयोग


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ । काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक-पटक प्रयास भएको व्यहोरा विदितै छ ।

यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’ 

यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो । 


प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : ११ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने