डीएसपी ठगबहादुर केसी निलम्बित | Khabarhub Khabarhub

डीएसपी ठगबहादुर केसी निलम्बित


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले जनाएको छ ।

केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ४ : १६ बजे

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली