गण्डकीका प्रदेशसभा सदस्यद्वारा शपथ « Khabarhub

गण्डकीका प्रदेशसभा सदस्यद्वारा शपथ


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन्। यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराएका थिए। शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित थिए ।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सदस्य छन् । प्रदेश प्रमुख गुरुङले यही पुस १८ गते गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

शपथग्रहणपछि सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धि र विकास नै आफूहरूको प्राथमिकतामा रहेको बताए। सबै तहका सरकारको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उनले यी निकायबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिए ।

सदस्य डिल्लीराम सुवेदीले विद्यार्थी आन्दोलनको स्मरण गर्दै आफू सडक आन्दोलनको मोर्चाबाट सदनमा आएको चर्चा गरे । शपथसँगै प्रदेशको समृद्धि र विकासका लागि जिम्मेवारी थपिएको बताउँदै उनले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास दिलाए। सदस्य सरस्वती गुरुङले प्रदेशसभामा नयाँ उत्साहका साथ आएको उल्लेख गर्दै गण्डकीको समुन्नतिका लागि आफ्नोतर्फबाट प्रयास बढाउने बताए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ४ : २७ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको