कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित « Khabarhub

कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् ।

मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कृष्णदेव संस्थापन पक्षका नेता हुन् । रौतहटका उनी कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुन् ।

धनुषाका रामसरोज विमलेन्द्र निधि निकट नेता हुन् । दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताएका छन् । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : ४६ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा