फाइल फोटो

देश/प्रदेश

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

By खबरहब

December 29, 2022

काठमाडौँ – काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयको सहयोग मागेको छ । महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै गृहमन्त्रालयलाई पत्र लेखेको छ ।

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ। अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएको थियो। तर स्थानिय विरोधमा उत्रिएपछि हटाउन सकेन।