शीतलहरले बालक वृद्धवृद्धा बढी प्रभावित | Khabarhub Khabarhub

शीतलहरले बालक वृद्धवृद्धा बढी प्रभावित


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन् ।

चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा प्रमोद यादवले बताए । रुघा खोकी, निमोनियाजस्ता समस्याबाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताइएको छ ।

चिसो बढेपछि बिहानीपखको चहलपहलमा कमी आएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले बताए । चिसोबाट जोगिन ठाउँठाउँमा आगो बालिएको जनकपुरधाम उपमहानगरपालिका–१६ का परमेश्वर साह बताउँछन्।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजको तापक्रम आठ डिग्रीमा झरेको र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन भएको छ ।

चिसो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको श्री जनता माविका शिक्षक वीरेन्द्र यादव बताउँछन् । उनले भने, “कतिपय विद्यालयमा अर्धवाषिक परीक्षा चलेकाले विद्यार्थी परीक्षाका लागि आएका छन् ।”

मधेस प्रदेशमा रहेका अतिविपन्न वर्गका व्यक्तिलाई पर्याप्त मात्रामा लुगाफाटा तथा ओढ्ने ओछ्याउने कपडा नभएकाले समस्यामा परेका दलित अभियन्ता रामप्रित दासले बताए । कुहिरोले जनकपुरधाम–काठमाडौँ र काठमाडौँ–जनकपुरधाम विमान सेवा आंशिकरूपमा प्रभावित बनेको बुद्ध एयरका जनकपुरधाम प्रमुख विजयप्रसाद सिंहले बताए ।

जाडो बढेपछि त्यसबाट सुरक्षित रहन गरिब, विपन्न तथा यात्रीलाई लक्षित गरेर जनकपुरको ठाउँठाउँमा दाउरा ल्याएर आगो बालिएको छ । जनकपुरधाम उपमहानगरपालिका, स्थानीय सुरक्षा निकाय तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा आगो बाल्ने काम भएको हो ।

आगो बाल्ने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठसहितका सुरक्षा निकायको सहभागिता थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : ५९ बजे

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन – वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि

काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित

काठमाडौं- काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका