नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण « Khabarhub

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेकाे नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो ।

सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ । छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आज आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख लामाले अनुदान पाउने कृषक, फार्म र सहकारी संस्थालाई कृषि उत्पादनका क्षेत्रमा अझ थप उदाहरणीय काम गरेर देखाउन आग्रह गरे। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले राम्रो उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताए। नगरपालिकाको कृषि समितिका संयोजकसमेत रहेका वडा नं ३ का वडाध्यक्ष रमेश तिवारीले नगरपालिकाले कृषकलाई प्रत्यक्षरुपमा लाभान्वित र प्रोत्साहित हुने खालको विभिन्न कार्यक्रम तय गरिएको बताए ।

कृषि शाखाका प्राविधिक सहायक नवीन अधिकारीका अनुसार परियोजनाअन्तर्गत वडा नं २, ५ र ८ मा बाँसको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये परियोजना सुहाउँदो हावापानी, भूगोल र खेती गर्ने कृषकलाई छनोट गरेर सामग्री वितरण गरेको कृषि शाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : १३ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर