सेतीमादी पुल निर्माण : दुई वर्षमा ६ प्रतिशत प्रगति « Khabarhub

सेतीमादी पुल निर्माण : दुई वर्षमा ६ प्रतिशत प्रगति


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि छ महिना बाँकी हुँदा निर्माण कार्यले गति लिन नसकेको हो ।

विसं २०७७ मङ्सिर १९ गते ३० महिनामा सम्पन्न गर्ने गरी रसुवा इलाइट जेभी काठमाडौँले सम्झौता गरेको थियो । निर्माण कार्यले सन्तोषजनक गति नलिएपछि पटकपटक परिपत्र गरेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए।

उक्त पुलको कूल लागत रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ छ । उक्त पुलको लम्बाइ १५४ र चौडाइ ९.५० मिटर छ । हिउँदमा कामले गति लिने समय भएकाले निर्माण कार्य अघि बढाउन ताकेता गर्दै आएका छौँ । उनले भने, “वर्षायाम सुरु भएपछि पुलको निर्माण कार्य रोकिने हुँदा कडाइ गरिएको छ ।”

पुल निर्माणस्थलसम्म हेभी इक्युपमेन्ट लैजान सडक साँघुरो भएका कारण समस्या भएको छ । दुवै पालिकाका अध्यक्षसँग समन्वय गरी सडक मार्गको ट्र्याक खुलेपछि निर्माण कार्य सहज भएकाले अब कामले गति लिने विश्वास रहेको उनले बताए । पुल बनेपछि दुई पालिका जोड्ने देखिए पनि छिमेकी जिल्ला नवलपुर र पाल्पासमेत जोडिने हुँदा सो क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया