कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’: मानिसका लागि कति खतरा ? « Khabarhub

कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’: मानिसका लागि कति खतरा ?


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाकाले तेस्रो लहरले विश्व आक्रान्त भइराखेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने नयाँ भेरियन्ट ‘नियोकोभ’ को विषयमा अध्ययन थालेको छ। डब्लुएचओले यस विषयमा धेरै अध्ययन आवश्यक रहेको बताएको छ।

अनुसन्धानकर्ताले यो भाइरस जनावरमा तीव्र रुपमा फैलिएको बताएका छन्। चीनमा भएको अनुसन्धानले नियोकोभ भाइरस भेरियन्ट तीव्र रुपमा जनावरमा फैलिएको पुष्टि भएको हो।

अहिले जनावरमा फैलिएको यो भाइरस भविष्यमा मानिसमा सर्ने खतरा रहेको अनुसन्धानकर्ताले बताएका छन्। कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर किसिमका समस्या निम्त्याएको छ। शवासप्रश्वासमा हुने समस्याले मानिसको ज्यान जाने गरेको छ।

अध्ययनले यो भेरियन्ट मान्छेका लागि कति खतरनाक छ भन्ने निष्कर्ष निकालिसकेको छैन। यो विषयमा अध्ययन आवश्यक भएको डब्लुएचओलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

संक्रामक रोगको स्रोत जनावर
डब्लुएचओका अनुसार मानिसमा आउने सबै संक्रामक रोगको ७५ प्रतिशतभन्दा धेरै स्रोत जनावर हुन्।

अध्ययनले जंगली जनावर संक्रामक रोगका ठूला स्रोत भएको पुष्टि गरेको छ। कोरोनासमेत जनावरबाट मानिसमा फैलिएको भाइरस हो।

अध्ययनको अन्तिम समीक्षा आउन बाँकी भए पनि नियोकोभिडमा एक म्युटेशनपछि मानिका लागि खतरनाक बन्न सक्ने डब्लुएचओले जनाएको छ।

‘नियोकोभिडमा एक म्यूटेशनपछि मानिसको लागि खतरनाक बन्नसक्छ’, डब्लुएचओले भनेको छ, तर, यो अध्ययनको अन्तिम समीक्षा सार्वजनिक भइसकेको छैन।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : १३ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ