सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति « Khabarhub

सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

सहिद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराए ।

प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरुलाई जाने उल्लेख गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्याङ्कन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गरेका छन्।

सहिदहरुको बलिदानी सबै नेपाली जनतालाई अधिकार सम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि थिए भन्दै उनले सहिदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता उपलब्धिहरूलाई संस्थागत गरेको संविधानको संरक्षण र पूर्ण पालन गर्नु सबैको दायित्व भएको स्मरण गराएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ३४ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ