काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय सेवा माघ २१ सम्म स्थगन « Khabarhub

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय सेवा माघ २१ सम्म स्थगन


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ ।

प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो ।

यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै वडा नं १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मङ्गलबार समय तोकिएको छ भने वडा नं ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिए । सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ५० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको