उत्तर कोरियाद्वारा २०१७ पछिकै सवैभन्दा ठूलो क्षेप्यास्त्र प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा २०१७ पछिकै सवैभन्दा ठूलो क्षेप्यास्त्र प्रहार


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ ।

यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल (आइआरबीएम) भएको जनाएको छ । सो मिसाईल २ हजार किलोमिटर उचाईमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाईल जापानको समुद्रमा खसेको थियो ।

जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरिरहेका छन् । राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ ।

नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् । उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ ।

यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १२ : ०० बजे

‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’

काठमाडौं– यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन

यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार