उदयपुरमा ट्र्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाजु र बुबा घाइते « Khabarhub

उदयपुरमा ट्र्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाजु र बुबा घाइते


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ ।

खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका-१ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ११ : ५२ बजे

‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’

काठमाडौं– यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन

यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार