गिट्टी बिक्री नहुँदा मुक्त हलियालाई समस्या « Khabarhub

गिट्टी बिक्री नहुँदा मुक्त हलियालाई समस्या


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ ।

सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुङ्गा फटाएर पेट पाल्दै आएको हलियाको गुनासो छ । स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवासुविधासमेत नपाएको मुक्त हलिया समुदायले बताएका छन ।

बुढीनन्दा नगरपालिका–६ दैया घर भएकी खड्के विककी आमा शारीरिक अपाङ्ग छिन् । आमाबुवालगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या छ । थोरै जमिन थियो, त्यही जमिनसमेत बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको विकले बताए ।

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उनको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए । परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिनभरी ढुङ्गा फुटाउने र त्यही बेचेर परिवार पाल्दै आएको विकले बताए ।

गाउँमा रोजगारी नपाएपछि श्रीमानलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोखिन् । ‘कोरोनाको यस्तो हालत छ, श्रीमान भारतमा छन् । के कस्तो छ, फोन समेत गर्न पाएको छैन,’ उनले भनिन्, ‘श्रीमानले अलिकति पैसा कमाएर ल्याएपछि उधारो ल्याएको दाल चामलको पैसा तिर्नहुन्थयो ।’

आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताइन् । ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका अर्की पीडित जनकला विकले बताइन् ।

उनीहरु मात्र हैन दैयाका हलियाहरू दिनभरी कामको लागि विभिन्न ठाउँमा भौँतारी रहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले बताए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : ४५ बजे

विकास तथा भवन निर्माणमा ४८ करोडका योजना

दमौली– सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ