स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्छ : हृदयेश त्रिपाठी « Khabarhub

स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्छ : हृदयेश त्रिपाठी


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आइतबार विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेर मात्र निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागत योग्य रहेको बताउँदै त्रिपाठीले भनेका छन्, ‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो ।

प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार मागं छ ।’

प्रेस विज्ञप्ति

सत्तापक्षीय गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेठसम्म सम्पन्न गराउने प्रतिबद्वता स्वागतयोग्य छ । संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती संख्यामा रहेको तथ्य प्रति पुनः ध्यानाकर्षण गराउन चाहन्छु । किस्ता बन्दीमा तत्कालीन रुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान दिँदैन । अपितु पन्छ्याउने कार्य मात्र गर्दछ । यस प्रकारको शुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुन सक्नेप्रति सचेत गराउन चाहन्छु । स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार मागं छ । अन्यथा निर्वाचन जस्तो कार्यमा बाधा समेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने तथ्य प्रति सचेत गराउन चाहन्छु ।

हृदयेश त्रिपाठी
अध्यक्ष जनता प्रगतिशील पार्टी, नेपाल

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ३० बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा