किसान आन्दोलनमा बल प्रयोग भयोः मधेसी आयोग « Khabarhub

किसान आन्दोलनमा बल प्रयोग भयोः मधेसी आयोग


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किसान आन्दोलनमा राज्यले बल प्रयोग गरेको मधेसी आयोगले ठहर गरेको छ ।

राज्यले संयमित भएर समस्या समाधान गर्नुपर्नेमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन भएको आयोगले ठहर गरेको हो । आइतबार आयोगले आन्दोलनरत पक्षलाई पनि आन्दोलन शान्तिपूर्ण ढंगबाट अगाडि बढाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

मधेसी आयोगले किसान आन्दोलनको स्थगलत अनुगमन गर्न तीन सदस्यीय समिति गठनसमेत गरेको छ । आयोगका सदस्यहरू जीवछ साह, रणुदेवी साह र विजयकुमार गुप्ता सम्मिलित समिति गठन गरिएको हो । समितिले प्रतिवेदनमार्फत् गर्ने सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगले आग्रह गर्नेछ ।

आयोगले किसानहरूका मागलाई स्थानीय तह, प्रदेश, संघ सरकारका साथै सबै सरोकारबालालाई यथाशीघ्र व्यवस्थापन गर्न पनि अपिल गरेको छ ।

साथै, बेचिएका उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरूको समस्या समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको छ ।

जनमत पार्टीले ११ बुँदे माग राखी करिब एक महिनादेखि किसान आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ०१ बजे

‘सरकारले निजी सवारीलाई निरुत्साहित र विद्युतीय सवारी प्रोत्साहन गरेन’

काठमाडौं– यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन

यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार