किसान आन्दोलनमा बल प्रयोग भयोः मधेसी आयोग « Khabarhub

किसान आन्दोलनमा बल प्रयोग भयोः मधेसी आयोग


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किसान आन्दोलनमा राज्यले बल प्रयोग गरेको मधेसी आयोगले ठहर गरेको छ ।

राज्यले संयमित भएर समस्या समाधान गर्नुपर्नेमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन भएको आयोगले ठहर गरेको हो । आइतबार आयोगले आन्दोलनरत पक्षलाई पनि आन्दोलन शान्तिपूर्ण ढंगबाट अगाडि बढाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

मधेसी आयोगले किसान आन्दोलनको स्थगलत अनुगमन गर्न तीन सदस्यीय समिति गठनसमेत गरेको छ । आयोगका सदस्यहरू जीवछ साह, रणुदेवी साह र विजयकुमार गुप्ता सम्मिलित समिति गठन गरिएको हो । समितिले प्रतिवेदनमार्फत् गर्ने सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगले आग्रह गर्नेछ ।

आयोगले किसानहरूका मागलाई स्थानीय तह, प्रदेश, संघ सरकारका साथै सबै सरोकारबालालाई यथाशीघ्र व्यवस्थापन गर्न पनि अपिल गरेको छ ।

साथै, बेचिएका उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरूको समस्या समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको छ ।

जनमत पार्टीले ११ बुँदे माग राखी करिब एक महिनादेखि किसान आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ०१ बजे

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुवाती पाँच महिनामा सरकारको

सुनसरी र रुकुम पश्चिममा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिका-२ बसन्त टोल बस्ने ४७ वर्षीय राजेश विष्ट

विकास तथा भवन निर्माणमा ४८ करोडका योजना

दमौली– सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त