थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित « Khabarhub

थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतको रुपमा डिन थम्पसनलाई प्रस्ताव गरेका छन्।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवाको अनुभव भएका थम्पसन अहिले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलामा काम काम गरिरहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले जारी गरेको बिज्ञप्तमिा उल्लेख गरिएको छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउने छन्।

उनीसँग मलेसिया र रोमानियामा डिसिएम, भारतको कलकत्तामा अमेरिकी महावाणिज्यदूत भएर काम गरेको अनुभव छ । त्यसका साथै उनले विदेशमन्त्रालयमा कार्यकारी सचिवालयको स्टाफ र अपरेशन विभागको उपनिर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

थम्पसन रक्षा र रणनीतिक मामिलामा दखल राख्ने अमेरिकी कूटनीतिक हुन् । उनले अमेरिकाको नेशनल डिफेन्स विश्वविद्यालयबाट राष्ट्रीय सुरक्षा रणनीतिमा स्नाकोत्तर गरेका छन् ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) को जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : १६ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन