थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित « Khabarhub

थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतको रुपमा डिन थम्पसनलाई प्रस्ताव गरेका छन्।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवाको अनुभव भएका थम्पसन अहिले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलामा काम काम गरिरहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले जारी गरेको बिज्ञप्तमिा उल्लेख गरिएको छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउने छन्।

उनीसँग मलेसिया र रोमानियामा डिसिएम, भारतको कलकत्तामा अमेरिकी महावाणिज्यदूत भएर काम गरेको अनुभव छ । त्यसका साथै उनले विदेशमन्त्रालयमा कार्यकारी सचिवालयको स्टाफ र अपरेशन विभागको उपनिर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

थम्पसन रक्षा र रणनीतिक मामिलामा दखल राख्ने अमेरिकी कूटनीतिक हुन् । उनले अमेरिकाको नेशनल डिफेन्स विश्वविद्यालयबाट राष्ट्रीय सुरक्षा रणनीतिमा स्नाकोत्तर गरेका छन् ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) को जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : १६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको