टिपरको ठक्करबाट गोकर्णेश्वरमा दुई बालिकाको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट गोकर्णेश्वरमा दुई बालिकाको मृत्यु


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्का गाउँमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ रहेका छन् ।

घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा ४ ख ६९६५ नम्बरको ट्रिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ट्रिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।न्युज कारखाना

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ४२ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन