पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा « Khabarhub

पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता ‘पूर्णविक्रम शाह’ पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पुगेकाे छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको बताइएकाे छ ।

एक नाबालिग गायिकालाई विवाह गर्छु भनी ललाईफकाई प्रेममा पारी जबरजस्ती करणी गरेको अभियोगमा बालिकाकै बुवाको जाहेरीका आधारमा गत फागुन ११ गते तनहुँ प्रहरी र त्यसको केही दिनमा नवलपुर प्रहरीमा जाहेरी परेको थियो ।

उक्त जाहेरीपछि पक्राउ परेका शाहविरुद्ध तनहुँ जिल्ला अदालत र नवलपुरमा मुद्दा दायर भएको थियो । नवलपुरको गैँडाकोटमा भएको एक गीतको म्युजिक भिडियो सुटिङका क्रममा शाहले पहिलोपटक जबरजस्ती करणी गरेको र त्यसपछि पनि विभिन्न मितिमा विभिन्न स्थानमा करणी गरेको जाहेरीमा उल्लेख छ ।

आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया