बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण « Khabarhub

बेसीसहर-चामे सडकखण्डमा काठेपुल हटाएर कल्भर्ट निर्माण


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ जोड्ने बेसीसहर-चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ ।

सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो ।

सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे-बेसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ ।

तल्लो तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजारमा निर्माण गरिएको हो। दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : २० बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन