जनवरी ६ दंगाका दिन झण्डै ८ घण्टा ट्रम्पको फोन रेकर्ड नभएको खुलासा | Khabarhub Khabarhub

जनवरी ६ दंगाका दिन झण्डै ८ घण्टा ट्रम्पको फोन रेकर्ड नभएको खुलासा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनवरी ६ का दिन क्यापिटोल हिलस्थित अमेरिकी कांग्रेसमा भएको दंगाका दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन झण्डै ८ घण्टा सम्म रेकर्ड नभएको पत्ता लागेको छ ।

सामान्यतः ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड हुने भएता पनि त्यस दिन बिहान ११ः१७ बजेदेखि बेलुकी ६ः५४ बजेसम्म ट्रम्पको फोन रेकर्ड नभएको वाशिङ्टन पोष्टले जनाएको छ । जनवरी ६ का दिन भएको दंगाबारे अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभको प्यानलले यस्तो पत्ता लगाएको हो ।

यद्यपि फोन रेकर्ड बन्द हुनुअघि र बन्द भइसकेपछि ट्रम्पले त्यसदिन ८ जनासँग कुराकानी गरेको ११ पृष्ठ लामो रेकर्डमा जनाइएको छ । अनुसन्धान गरिरहेको हाउस सेलेक्ट कमिटीका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले अरुकै फोन प्रयोग गरेको वा ‘बर्नर फोन’ भनिने नष्ट गर्न मिल्ने फोन प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ । तर ट्रम्पले भने त्यस दिन बर्नर फोन प्रयोग नगरेको बताएका छन् । ‘मलाई बर्न फोन भनेको के हो थाहा छैन । मेरो जानकारीअनुसार मैले यसअघि यसबारे सुनेको पनि थिइनँ ।’ विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका छन् ।

यद्यपि क्यापिटोल हिलमा दंगा भएको दिन ट्रम्पले के के गरेका थिए भन्नेबारे अनुसन्धान भइरहेको र अनुसन्धान प्यानलले यसबारे धेरै प्रत्यक्षदर्शीहरुसँग समेत कुराकानी गरेको जनाइएको छ ।

जनवरी ६ का दिन राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएको नतिजालाई औपचारिकता दिन बसेको कंग्रेसको बैठकमा ट्रम्प समर्थक रिपब्लिकनहरूले दंगा मच्चाउँदा ६ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : २६ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव