आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित « Khabarhub

आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको स्तर घटाउने रुसी घोषणालाई विश्वास गरिहाल्ने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच प्रत्यक्ष द्विपक्षीय शान्ति वार्ता जारी रहेका बेला रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले राजधानी किभचेर्निभ शहर आसपास रुसले आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए ।

नियमित भिडियो सन्देशका क्रममा जेलेन्स्कीले भने, ‘छलफलमा हामीले सुनेका यस्ता संकेतलालाई सकारात्मक भन्न सकिन्छ ।’ उनले थपे– ‘तर यस्ता संकेतले ठूलो आवाजमा पड्किने रुसी गोलालाई शान्त पार्दैनन् ।’

उनले युक्रेनी सेनाले रुसको हात बाँधिदिएको टिप्पणी समेत गरे । ‘हामीले हाम्रो रक्षा गर्न छाड्नुहुन्न किनकी आक्रमणकारी फौजले फेरि आक्रमण गर्न सक्छ ।’

‘युक्रेनीहरु मूर्ख छैनन्’ उनले भने, ‘युक्रेनीहरुले विगत ३४ दिनको आक्रमण र विगत ८ वर्ष डोनबासमा भएको युद्धबाट ठोस नतिजामा मात्रै विश्वास गर्नुपर्छ भन्ने सिकेका छन ।’

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ४६ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन