आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित « Khabarhub

आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको स्तर घटाउने रुसी घोषणालाई विश्वास गरिहाल्ने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच प्रत्यक्ष द्विपक्षीय शान्ति वार्ता जारी रहेका बेला रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले राजधानी किभचेर्निभ शहर आसपास रुसले आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए ।

नियमित भिडियो सन्देशका क्रममा जेलेन्स्कीले भने, ‘छलफलमा हामीले सुनेका यस्ता संकेतलालाई सकारात्मक भन्न सकिन्छ ।’ उनले थपे– ‘तर यस्ता संकेतले ठूलो आवाजमा पड्किने रुसी गोलालाई शान्त पार्दैनन् ।’

उनले युक्रेनी सेनाले रुसको हात बाँधिदिएको टिप्पणी समेत गरे । ‘हामीले हाम्रो रक्षा गर्न छाड्नुहुन्न किनकी आक्रमणकारी फौजले फेरि आक्रमण गर्न सक्छ ।’

‘युक्रेनीहरु मूर्ख छैनन्’ उनले भने, ‘युक्रेनीहरुले विगत ३४ दिनको आक्रमण र विगत ८ वर्ष डोनबासमा भएको युद्धबाट ठोस नतिजामा मात्रै विश्वास गर्नुपर्छ भन्ने सिकेका छन ।’

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ४६ बजे

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक