गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो « Khabarhub

गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

क्यान्सरका रोगी, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ स्वास्थ्य मन्त्रालयले पारित गरेको छ ।

चैत्र १३ गते मन्त्री स्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत भएको हो । यस कार्यविधिलाई कार्यान्वयनका लागि ७५३ स्थानीय तहलाई पठाउन स्वास्थ्य मन्त्रालयले नीति, योजना तथा समन्वय महाशाखाले स्वास्थ्य समन्वय महाशाखालाई पत्राचार गरेको छ ।

गत भदौमा प्रस्तुत गरिएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार खर्च बापत् मासिक ५ हजार दिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : १९ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन