गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो « Khabarhub

गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

क्यान्सरका रोगी, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ स्वास्थ्य मन्त्रालयले पारित गरेको छ ।

चैत्र १३ गते मन्त्री स्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत भएको हो । यस कार्यविधिलाई कार्यान्वयनका लागि ७५३ स्थानीय तहलाई पठाउन स्वास्थ्य मन्त्रालयले नीति, योजना तथा समन्वय महाशाखाले स्वास्थ्य समन्वय महाशाखालाई पत्राचार गरेको छ ।

गत भदौमा प्रस्तुत गरिएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार खर्च बापत् मासिक ५ हजार दिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : १९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको