‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका « Khabarhub

‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’ को खोजी गरेकाे छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र २५ हजार जित्न सक्ने छन्।

‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुलाई नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गर्दै ‘खल्ती’ लाई पठाउनु पर्नेछ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स , र्‍याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी हयासट्याग खल्ती लेखस्टार राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ।

पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाएर प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५ देखि बैशाख १४ गतेसम्म लागु हुनेछ।

यस अफरअन्तर्गत घोषित विजेताले ५० हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार जित्नेछन् । त्यस्तै सान्त्वना हुने ५ जनाले पाँच–पाँच हजार रुपैयाँ पाउनेछन्। साथै ३ जना विजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउने छन्।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवनसँग आबद्द शब्द भइसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख–स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरूलाई हौसला दिने उद्देश्यले यो योजना ल्याएका छौँ। यस प्रतियोगितामा आबद्ध हुन सबैलाई आह्वान गर्छु।’

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : २१ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा

 नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

गण्डकी– नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक)

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

इस्तानबुल- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले