पाकिस्तानमा अविश्वासको प्रस्तावमा आइतबार मतदान, इमरान खान दुई मतले अघि « Khabarhub

पाकिस्तानमा अविश्वासको प्रस्तावमा आइतबार मतदान, इमरान खान दुई मतले अघि


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा आगामी आइतबार अर्थात् अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मामिला मन्त्री शेख रसिदले खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने जानकारी दिएको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

गत सोमबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने मन्त्री रसिदको भनाइ छ । उनले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल हुने समेत उनको भनाइ छ । प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

ट्रिब्युनका अनुसार ३४२ सिट रहेको संसद्मा प्रधानमन्त्री खानको सरकार विपक्षीभन्दा केबल २ मतले अघि रहेको छ । अविश्वासको प्रस्ताव पारित गर्नका लागि पाकिस्तानी संसद्मा १७२ मत आवश्यक पर्छ । यद्यपि हालै खानको दलका सांसद् खयाल जमानको मृत्यु भएकाले संसदीय समिकरण अझ जटिल बनेको बताइएको छ ।

हाल विपक्षीसँग १६९ र सत्ता गठबन्धनसँग १७१ सिट सुरक्षित रहेको ट्रिब्युनले जनाएको छ । यस्तो अवस्थामा संसद्‍मा एक सिट मात्रै रहेको जमात ए इस्लामी पार्टीको मतले प्रधानमन्त्री खानको भविष्य निर्धारण गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : ३७ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,