सेयर बजार नेप्से ४० अङ्कले वृद्धि | Khabarhub Khabarhub

सेयर बजार नेप्से ४० अङ्कले वृद्धि


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार  एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ । 

नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो । 

बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले  नाफा कमाएका छन् । नेप्सेमा ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयरको किनबेच हुँदा दुई अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ । 

बुधबारको सेयर बजारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका इमर्जिँग नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त संस्था नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार पनि १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । 

त्यस्तै सर्किट लागेको सिलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा समेत १० प्रतिशत अर्थात् ६० रुपैयाँले वृद्धि ६ सय ७० रुपैयाँका कारोबार भएको छ ।   

सकारात्मक सर्किट लागेका इमर्जिँग  नेपाल कम्पनीको १ सय १ रुपैयाँले बढेर १ हजार १ सय १३ रुपैयाँ, राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर मूल्य १ सय ९ रुपैयाँले बढेर १ हजार १ सय ९९ रुपैयाँ र  नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८७ रुपैयाँ २० पैसाले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ । बजारमा जम्मा २ सय ३२ कम्पनी को सेयर कारोबार भएकोमा २४ कम्पनीका सेयर धनीले गुमाएका छन् ।  

नेप्सेको सेन्सेटिभ इन्डेक्स १ दशमलव ७२ प्रतिशत बढेर ४ सय ८०  अङ्कमा पुगेको छ । बुधबार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र विकास बैंक का सेयर धनीले नाफा कमाएका छन् सिद्धार्थ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल टेलिकम र शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : २६ बजे

गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने

काठमाडौं– पाकिस्तानको तेस्रो ठूलो प्रदेश सिन्धमा गुट्खा सेवन गर्ने लत

गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा

गोरखा– विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको