सेयर बजार नेप्से ४० अङ्कले वृद्धि « Khabarhub

सेयर बजार नेप्से ४० अङ्कले वृद्धि


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार  एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ । 

नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो । 

बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले  नाफा कमाएका छन् । नेप्सेमा ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयरको किनबेच हुँदा दुई अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ । 

बुधबारको सेयर बजारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका इमर्जिँग नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त संस्था नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार पनि १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । 

त्यस्तै सर्किट लागेको सिलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा समेत १० प्रतिशत अर्थात् ६० रुपैयाँले वृद्धि ६ सय ७० रुपैयाँका कारोबार भएको छ ।   

सकारात्मक सर्किट लागेका इमर्जिँग  नेपाल कम्पनीको १ सय १ रुपैयाँले बढेर १ हजार १ सय १३ रुपैयाँ, राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर मूल्य १ सय ९ रुपैयाँले बढेर १ हजार १ सय ९९ रुपैयाँ र  नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८७ रुपैयाँ २० पैसाले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ । बजारमा जम्मा २ सय ३२ कम्पनी को सेयर कारोबार भएकोमा २४ कम्पनीका सेयर धनीले गुमाएका छन् ।  

नेप्सेको सेन्सेटिभ इन्डेक्स १ दशमलव ७२ प्रतिशत बढेर ४ सय ८०  अङ्कमा पुगेको छ । बुधबार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र विकास बैंक का सेयर धनीले नाफा कमाएका छन् सिद्धार्थ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल टेलिकम र शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : २६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज