युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा « Khabarhub

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् ।

चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ ।

यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका अफगान विदेशमन्त्री अमिर खान मुत्तकी पनि सहभागी हुने बताइएको छ । कतार र इण्डोनेशियालाई पाहुनाका रुपमा यस छलफलमा डाकिएको छ ।

यसबाहेक रुसी विदेशमन्त्रीले अफगानिस्तानका लागि चिनियाँ तथा अमेरिकी विशेष प्रतिनिधिसँग पनि बेग्लै छलफल गर्ने कार्यक्रम छ ।

कोरोना भाइरसको नयाँ लहर झेलिरहेको चीनले यो बैठक आन्हुई प्रान्तको टुङ्सी शहरमा आयोजना गर्न लागेको जनाइएको छ ।

युक्रेनमाथि आक्रमण जारी राखेको रुसका विदेशमन्त्रीले चीनमा रहँदा युक्रेनका विषयमा पनि कुराकानी गर्ने वा नगर्ने केही खुलाइएको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ४३ बजे

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न

भारत ‘ए’ ले गुमायो तेस्रो विकेट, वैभव सूर्यवंशी आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

दक्षिण कोरियामा १० वर्षपछि हैजा

एजेन्सी – दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी