विश्व सम्मेलनमा उठेका विषयमा सहकार्य र समन्वय गर्न एनआरएनएको आग्रह | Khabarhub Khabarhub

विश्व सम्मेलनमा उठेका विषयमा सहकार्य र समन्वय गर्न एनआरएनएको आग्रह


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित प्रतिनिधिमण्डलले हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा नेकपा एकीकृत समाजवादीलाई जानकारी गराएको छ ।

बुधबार एनआरएनएको कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालमा सहकार्य र समन्वय गरिदिन आग्रह गरेको हो ।

उनीहरूले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नुका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा–अड्चन फुकाउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर सङ्घको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ ।

सो क्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताए ।
कार्यक्रममा एनआरएनएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रबिना थापा र डा. बद्री केसीलगायत अन्य पदाधिकारी पनि सहभागी थिए । भेटका क्रममा नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिइएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ०४ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र