निर्देशकले भने,’तेरे नामको सिक्वेल बनाएर ब्राण्ड भ्यालु घटाउनु छैन’ « Khabarhub

निर्देशकले भने,’तेरे नामको सिक्वेल बनाएर ब्राण्ड भ्यालु घटाउनु छैन’


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलमान खानको अभिनय रहेको फिल्म तेरे नामको चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा सलमानले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो l

सन् २००३ मा रिलिज भएको ‘तेरे नाम’ मा सलमानले निर्वाह गरेको राधे मोहनको भूमिकालाई दर्शकले निकै रुचाए । सतीश कौशिकको निर्देशनमा बनेको फिल्ममा सलमानकाे जोडी भूमिका चावलासँग बाँधिएकाे थियाे । सन् १९९९ मा आएको साउथ फिल्म ‘सेतु’ को रिमेक रहेको फिल्मबाट सलमान आफैँ आफ्नो भूमिकामा सन्तुष्ट थिएनन् ।

निर्देशक कौशिकले भारतीय मिडियासँग सलमानले पहिला नै आफ्नो भूमिकामा सन्तुष्टी नजनाएको बताए । ‘सलमानलाई त्यो भूमिका मन परेको थिएन । त्यसैले पनि यसको सिक्वेलको कुराकानी अगाडी बढेको छैन । केहि आइडिया आएका थिए तर यतिबेला दर्शकको टेस्ट बद्लिएको छ । त्यसैले ब्राण्ड बनिसकेको तेरे नामलाई लिएर सस्तो फिल्म बनाउने योजना छैन’ निर्देशक कौशिकले भने ।

बलिउड लाइफको रिपोर्ट अनुसार कौशिकले सलमानसँग त्यहिँ किसिमको भूमिका र जिवन्त अभिनय निकाल्न गाह्रो समेत बताएका छन् । ‘तेरे नामकै कथालाई नयाँ रुप दिएको फिल्म हो कबिर सिंह । त्यसैले पनि अब त्यहि कथामा सिक्वेल बनाउने योजना छैन’ उनले भने । यद्यपि यसबारेमा सलमानसँग सल्लाह गर्न भने बाँकी रहेको निर्देशक कौशिकले बताएका छन् । उनले तेरे नाम सिक्वेलको लागि सलमानलाई केहि समय अगाडी अप्रोच पनि गरे तर सलमानले मानेनन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ४५ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु