बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान « Khabarhub

बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ ।

कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो ।

बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाई दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो ।

युवकले तत्काल विवाह नगर्ने भनेपछिआवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको बताइएको छ । तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ ।

ती युवतीले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

झुटा मुद्दामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजलारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ । नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा