दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

निर्वाचनमा सहभागिता जनाउने दलहरूलाई आयोगको १७ बुँदे निर्देशन
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ । उम्मेदवार चयनदेखि प्रचारप्रसारमा अपनाउनुपर्ने विषयवस्तु राखेर आयोगले राजनीतिक दलहरूका नाममा  आज  विज्ञप्तिमार्फत निर्देशन जारी गरेको हो । निर्देशनको पहिलो बुँदामा संविधानको धारा ४७ को मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थालाई स्मरण गर्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ ।यस्तै स्थानीय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षमध्ये एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलहरूलाई, महिलालाई उम्मेदवार बनाउन पनि आयोगले निर्देशन दिएको छ ।

स्थानीय तहको ठेक्कापट्टामा संलग्न व्यक्ति चुनाव लड्न नपाउने
स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । निर्वाचन आयोगको आज बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो । बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरूसमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् ।

जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी सुरु भएको छ । १६ वर्ष बनाउने प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले पारित गरे जवान, सहायक हवलदार, हवलदार र वरिष्ठ हवलदारको पेन्सन अवधि १६ वर्ष हुने छ । यसै गरी सहायक निरीक्षक(असई, नायब निरीक्षक) सई र वरिष्ठ सईको पेन्सन अवधि १८ वर्ष बनाउन प्रस्ताव गरिएको छ । निरीक्षकदेखि आइजिपीसम्मको पेन्सन अवधि भने २० वर्ष नै कायम गर्न प्रस्ताव गरिएको छ । २०६० चैत २६ गते अघि नेपाल प्रहरीमा सेवा प्रवेश गरेका जवान र हवलदारको हकमा पेन्सन अवधि १६ वर्ष र असई र सईको हकमा पेन्सन अवधि १८ वर्ष रहेको छ ।

निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने अध्यक्ष ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । आज भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याउनुभएको कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने बताए । उनले गठबन्धनको कुरा मानेर निर्वाचन आयोगले मनोनयनका लागि समय लामो राखिएको आरोप पनि लगाए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा माग
नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजिनामा माग गरेको छ । आज बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढअर्व बढि नोक्सान पु¥याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो । एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्पर्धा गराउने गरी प्रदेश पुर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजनीनामा दिनुपर्ने बताए ।

एमालेविरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर गर्दैनः उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट पारे । उनले एमालेलाई सिध्याउन कानुनको धज्जी उडाएर अदालत न्यायलयलाई दुरुपयोग गरेर, मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताए ।

बङ्गालको खाडीको प्रयास बिमस्टेकका सदस्य राष्ट्रलाई जोड्ने बलियो धागोः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकका सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको  बताएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध सर्किटलाई छिटो सञ्चालन गर्न आग्रह पनि गरे ।  

बिमस्टेकको पाँचै शिखर सम्मेलनद्वारा बिमस्टेक बडापत्र पारित
श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् । सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । 

चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बस्दै
आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।सत्तारुढ दलहरूले अबका तीनै वटा तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र विवाद छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा छ । तर शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

गठबन्धन पनि हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताएका छन् । साथै भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीको दाबी रहने उनले बताए । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दैअब स्थानीय चुनावमा आवश्यक तालमेल हुने बताए । महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको पनि उनको भनाई छ ।  

कांग्रेसको क्रियाशील सदस्यता वितरण खुला
सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको छ । क्रियाशील सदस्य पार्टीभित्र नेतृत्व चयन गर्ने मतदाता हुन् । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण गर्ने गर्दै आएको थियो । तर, यसपटक भने महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो । मंगलबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन समेतलाई लक्षित गर्दै सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रकाशशरण महतले विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए । 

राजश्व नतिरेको भन्दै तीन क्यासिनोको इजाजतपत्र खारेज
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई नियमित रोयल्टी र अन्य शुल्क नतिर्ने तीनवटा क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । पटक–पटक पत्राचार र सार्वजनिक सूचना प्रकाशित गर्दा पनि रकम दाखिला नगरिएको भन्दै हिजोको मन्त्री स्तरीय निर्णयबाट इजाजतपत्र रद्द गरिएको हो । पर्यटन विभागद्वारा जारी विज्ञप्ति अनुसार रक इन्टरनेसनल प्रालि काठमाडौं, ह्याप्पी हावर प्राली काठमाडौं र ओरियल्टल होटल्स (होटल ¥याडिसन) लाजिम्पाटको इजाजतपत्र–अनुमतिपत्र खारेज गरिएको छ । मन्त्रालयले तोकिएको रोयल्टी र इजाजत्रपत्र नविकरण दस्तुर दाखिला नगरेको भन्दै दुईवटा क्यासिनोको धरौटी जफत गर्ने निर्णय पनि गरेको छ । होटल टाइगर वान परिसर भैरहवा र होटल सांग्रीला परिसर काठमाडौंमा क्यासिनो सञ्चालन गर्ने इजाजतपत्र लिएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रालिको धरौटी जफत गरिएको हो ।

राससका अध्यक्ष अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश
सर्वोच्च अदालतले राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामललाई कामकाजमा रोक नलगाउन आदेश दिएको छ । आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिकारीलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । सरकारले बर्खास्त गरेपछि अधिकारीले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । 

प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त छन्ः खनाल
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा नेकपा एकीकृत समाजवादीलाई जानकारी गराएको छ । आज एनआरएनएको कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालमा सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ । सो क्रममा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताए । 

काभ्रेमा मन्दिरको पुनर्निर्माण सम्पन्न
विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५, कानपुरस्थित ऐतिहासिक, प्राचिन कालीका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गरिन् । वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरू अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो धारणा राखिन् । 

पढ्दै कमाउँदै कार्यक्रमका लागि १४० विद्यालय छनौट
सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि एक सय ४० सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै चैत ८ गते बसेको निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको जानकारी दिएको हो । यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरि गरेको थियो । विकास केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो । 

सुन्दरीजलमा टिपरको ठक्करबाट मृत्यु भएका २ बालिकाका परिवारलाई राहत दिने सहमति
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा टिपरको ठक्करबाट मृत्यु भएका २ जना बालिकाका परिवारलाई राहत दिने सहमति भएको छ । प्रहरी, स्थानीय, टिप्पर कम्पनी र मृतकका आफन्तबीच भएको छलफलमा राहत र उपचार खर्च दिने सहमति भएको प्रहरीले जनाएको छ  । आज बिहान बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । विद्यालय जाँदै गर्दा रोहन तामाङका ८ वर्षीया छोरी सृष्टि र ४ वर्षीया छोरी श्रेयालको घटनास्थलमै मृत्यु भएको हो ।

पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन झिकाउन आदेश
उच्च अदालत पोखराले पल (पूर्णविक्रम) शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूको प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो।शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा शाहले निवेदन दर्ता गराएका थिए ।

बलात्कारको झुठा आरोप लगाउने एक किशोरीलाई साढे तीन वर्ष कैद
सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले यस्तो फैसला गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

पछिल्लो २४ घण्टामा नेपालमा २६ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टीजेन परिक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ७७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार पाउने
मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । अबदेखि मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरेको छ ।

कञ्चनपुरमा बँदेलको आक्रमणबाट एक जना घाइते
कञ्चनपुरमा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका अन्दाजी५५ वर्षीय आनन्दसिंह भाट बँदेलको आक्रमण्बा परी घाइते  हो ।घाइते भाटको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ ।

शेयर बजार नेप्से परिसूचकमा आज उच्च अकंले वृद्धि
शेयर बजार नेप्से परिसूचकमा आज उच्च अकंले वृद्धी भएको छ । नेप्से आज ४० दशमलव ६८ अकंले बढेर २ हजार ५ सय ६८ दशमलव २५ विन्दुमा पुगेको हो ।आज शेयर कारोबार रकममा पनि वुद्धी भएको छ । आज कुल ४५ लाख २ हजार ५ सय ११ कित्ता शेयर कुल २ अर्ब २५  करोड १ लाख १७  हजार  २ सय  ९६ रुपैँयामा कारोबार भएको छ । आजइमर्जिङ नेपाल लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ  ।यस्तै राष्ट्र उत्थान लघुवित्त संस्था र  नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स (संस्थापक), नबिल बैंक, टेलिकम र शिवम् सिमेन्ट अगाडि रहेको छ ।

भारतबाट बिजुली नपाएपछि नेपालका उद्योगमा रातभर लोडसेडिङ
भारतीय बजारमै बिजुली अभाव भएपछि महँगो मूल्य तिर्दा पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली पाउन छोडेको छ । विद्युत् आपूर्तिकर्ता (सप्लायर) नै नभएपछि इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट महँगो मूल्यमा पनि बिजुली पाउन छोडेको प्राधिकरणले जनाएको छ । भारतमा दिउँसो सोलारबाट बिजुली आपूर्ति हुने भएकाले दिउँसोको समयमा बिजुली पाएपनि राति पाउन नसकेको पनि प्राधिकरणले जनाएको छ । रुस–युक्रेन युद्धका कारण कोइला र प्राकृतिक ग्यास अभाव हुन थालेपछि थर्मल प्लान्टहरूबाट बिजुली आपूर्ति हुन छाडेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : १७ बजे

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

पेरिस – फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी – यही असोज ११ र १२ गते आएको बाढीले