प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सातै प्रदेशमा आवश्यकः मन्त्री अथक | Khabarhub Khabarhub

प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सातै प्रदेशमा आवश्यकः मन्त्री अथक


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरूको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण पनि उनले बताए ।

मन्त्री अथकले सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशनसमेत दिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङसम्बन्धी प्रशिक्षणसमेत आवश्यक रहेको बताए ।

राखेपद्वारा सञ्चालित सातदिने तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले जानकारी दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ३४ बजे

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १७ प्रतिशत लाभांश दिन तय गर्‍यो बुल क्लोज मिति  

काठमाडौं– सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले आर्थिक वर्ष २०८१/८२ को

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् शेरबहादुर

गलेश्वर– बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र

थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो

 बैंकक– प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल