प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सातै प्रदेशमा आवश्यकः मन्त्री अथक « Khabarhub

प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सातै प्रदेशमा आवश्यकः मन्त्री अथक


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरूको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण पनि उनले बताए ।

मन्त्री अथकले सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशनसमेत दिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङसम्बन्धी प्रशिक्षणसमेत आवश्यक रहेको बताए ।

राखेपद्वारा सञ्चालित सातदिने तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले जानकारी दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ३४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको