गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा तालमेल हुन सकेन : कुँवर « Khabarhub

गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा तालमेल हुन सकेन : कुँवर


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसकेको बताएका हुन् ।

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी केन्द्रले आ–आफ्नै उम्मेदारी दर्ता गरेको उनले सुनाए । ‘गठबन्धन भनेको लिने र दिने हो, कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर पर्‍यो,’ उनले भने।

अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी छुट्टा-छुट्टै चुनाव अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३७ बजे

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।