लमजुङका स्थानीय तहमा पुरानै अनुहार दोहोरिने  « Khabarhub

लमजुङका स्थानीय तहमा पुरानै अनुहार दोहोरिने 


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – यस पटकको स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहोर्‍याएको छ । एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मर्स्याङ्दी  गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

काग्रेसले गुमानसिंह अर्यालविरुद्ध बेसीशहर नगरपालिकाको प्रमुखमा श्रीकान्त घिमिरेलाई उठाएको छ । यस्तै राइनासमा एमालेका सिंह बहादुरविरुद्ध कांग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा कांग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । मर्स्याङ्दीमा एमालेका अर्जुनविरुद्ध कांग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा छन् ।

सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र कांग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा छन् । दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा छन् । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङबिच प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र कांग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ३० बजे

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।