‘बिट्वीन लाइन्स एन्ड लेयर्स’मा अवलोकनकर्ताको आकर्षण बढ्यो « Khabarhub

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’मा अवलोकनकर्ताको आकर्षण बढ्यो


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।

विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा चित्र कोरेका छन् । उनका अनुसार प्रकृतिमा जनावरको सम्बन्ध सिकार र सिकारीको बीचमा भ्रम भइरहन्छ । यसले नै सबै कुरालाई सन्तुलनमा राखिरहन्छ ।

त्यस्तै अर्का कलाकार विद्यार्थी सन्तोष गुरुङले सेरेनिटी (शान्ति) शीर्षकमा चित्र कोरेका छन् ।

उनी भन्छन्, ‘हामी सबैको एउटा यस्तो ठाउँ हुन्छ जहाँ शान्ति महसुस गर्न सक्छौँ । यहाँ जीवनका अपरिचितपानामा पाइने शान्तिलाई मैले चित्रमा उतारेको छु । यही मेरा गाउँका दृश्यहरु मेरा कामका विषयहरु हुन् जहाँ मैले खोजेको निश्चलपन भेट्टाएको छु । कुनै पनि सङ्घर्ष र बाधाबिना पाइने शान्तिलाई नै मैले प्रस्तुत गरेको छु ।’

विभिन्न तरिकाबाट छाप निकाल्ने विधि अपनाएर विद्यार्थीले थरिथरिका प्रक्रिया अनुभव गर्दै दुई सेमेस्टरमा यी काम गरिएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ०० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले