मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल « Khabarhub

मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न दलित महिला तयार देखिएनन् । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ ।

२८ वटा वडा रहेको मनाङमा ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा एमाले, कांग्रेस, स्वतन्त्रलगायत कुनै राजनीतिक दल र व्यक्तिले दलित महिला सदस्य पाएनन् । उम्मेदवार नपाएपछि सिंगो मनाङको ४ वटा गाउँपालिकामा १३ वटा वडा दलित महिला वडा सदस्य बीहिन बनेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

निर्वाचन कार्यालय मनाङका अनुसार ९ वटा वडा रहेको मनाङ ङिस्याङ गाउँपालिका १, २, ७ र ८ गरी ४ वटा वडामा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन । नासों गाउँपालिका २, ३, ६ र ७ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ३९ बजे

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश