विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने « Khabarhub

विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै उनले प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।

यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको गुनासो गरे ।

‘म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ५८ बजे

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।