रुपन्देहीमा १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता | Khabarhub Khabarhub

रुपन्देहीमा १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ । देशव्यापी रुपमा पनि उम्मेदवारी फिर्ता शुक्रबार सम्पन्न भएको छ ।

रुपन्देहीबाट सबै भन्दा बढी बुटवल उपमहानगरपालिकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी, ओमसतियाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कंचनबाट ३ जना, कोटहीमाईबाट ५ जनाले, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरि मायादेवी र रोहणीबाट १–१ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

भैरहवा सिद्धार्थनगरबाट पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुकी श्रीमती पनि रहेकी छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन् । सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन्।

उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । यसका अलावा अन्य पार्टीका केही उम्मेदवार पनि रहेका छन् । उनीहरुमध्ये अधिकांशले हाल इच्छा नभएकोले स्वेच्छाले स्थानीय तह निर्वाचन ऐन २०७३को दफा २३को उपदफा १ बमोजिम नाम फिर्ता लिएका छन् भने केहीले, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको पत्रानुसार उम्मेदवारको सूचिबाट नाम हटाएका छन् ।

रुपन्देहीको १६ पालिका मध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेको छैन ।

१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन् ।  त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा,  ७० जनाले उपप्रमुख , ९५ जनाले उपाध्यक्ष , १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडा सदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । जिल्लामा ५ लाख ३६ हजार ८ सय ५ जना कुल मतदाता रहेका छन् ।

निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्नेछ । शुक्रबार अन्तिम नामावली प्रकाशन गरेसँगै आयोगले आज साँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्छ । चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुनु अघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउँछन् । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ४० बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा