स्थानीय तह निर्वाचन : धनुषामा १०९ को उम्मेदवारी फिर्ता « Khabarhub

स्थानीय तह निर्वाचन : धनुषामा १०९ को उम्मेदवारी फिर्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाको वडाध्यक्ष पदमा ११, एक वडासदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । यस्तै धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिएका हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिए ।

सो नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष पदका लागि दिएका पाँच र वडासदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए । धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जीवी गौतमले बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

धनौजी गाउँपालिकामा समेत अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । विदेह नगरपालिकामा दुई वडाध्यक्ष पदका उम्मेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुईजनाले उम्मेदवारी फिर्ता लिए । सबैला नगरपालिकामा छ वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिए । धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : २३ बजे

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश