सिरहामा १० जनाको उम्मेद्वारी फिर्ता « Khabarhub

सिरहामा १० जनाको उम्मेद्वारी फिर्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका ६ जना मेयर र ४ जना उपमेयरसहित १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट गोलबजार नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका धर्मनाथ महतो र उपाध्यक्षका उम्मेद्वार गोमा लम्सालले मनोयन फिर्ता लिएका छन्। उनीहरुले स्थानीयस्तरमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग गर्ने भएको छ।

जनता समाजवादीबाट धनगढीमाई नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका विनोद चौधरी, औरही गापामा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका सुकदेव यादव र जसपाबाट उम्मेद्वारी दिएका रामविलास यादवले पनि उम्मेद्वारी फिर्ता लिएका छन्।

भगवानपुर गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेद्वार रामकुमार यादव र कुन्ति कुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जनाएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएकी पुनम मोची, लोसपाबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिएकी गुरीया कुमारी, सुखिपुर नपामा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेद्वार बनेकी सुनिता कुमारी यादवले पनि आफ्नो मनोनय फिर्ता लिएकी छन्।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ३३ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।