स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ « Khabarhub

स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित शनिबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ३८ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान