धनुषामा १०९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी | Khabarhub Khabarhub

धनुषामा १०९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा प्रमुखका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

 जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र छ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । 

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ ले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यहाँ प्रमुख पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपप्रमुखका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएका छन् । 

मिथिला नगरमा प्रमुखका दुई उम्मेदवारसहित ११ ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताए । उनका अनुसार प्रमुखमा हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिए । वडाध्यक्षका पाँच र वडा सदस्यका चारले उम्मेदवारी फिर्ता लिएका छन् ।

धनुषाधाम नगरमा एक उपप्रमुखको उम्मेदवारसहित वडाध्यक्षका दुई तथा सदस्यका चार गरी सातले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विदेह नगरमा वडाध्यक्षका दुई र महिला सदस्यका तीनद्वारा उम्मेदवारी फिर्ता भएको छ ।

हंसपुर नगरमा एक सदस्य र एक दलित सदस्यसहित दुई, सबैला नगरमा छ वडाध्यक्ष र एक वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

 त्यस्तै क्षीरेश्वरनाथ नगरमा वडाध्यक्षका तीन, सदस्यका चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरी दशले उम्मेदवारी फिर्ता लिएका छन् । सहिदनगर नगरमा वडाध्यक्षका एक, सदस्यका दुई, दलित सदस्य दुई र महिला सदस्य दुईले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

यस्तै नगराइन नगरमा वडाध्यक्षका चार, सदस्यका सात र महिला सदस्य पदका तीन गरी १४ ले उम्मेदवारी फिर्ता लिएका छन् । नगराइन, मिथिला विहारी र कमला नगरमा वडाध्यक्षका एक-एक जनाले उम्मेदवारी फिर्ता लिएक छन्। गणेशमान चारनाथ नगरमा भने तीनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बटेश्वर गाउँपालिकामा एक अध्यक्ष, एक वडाध्यक्ष तथा दलित महिला सदस्यका एक उम्मेदवारले फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनौजी गाउँपालिकामा अध्यक्षका एक तथा दुई वडाध्यक्षद्वारा उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै मुखियापट्टी, मुसहरनियाँ गाउँपालिकामा तीन, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात, लक्ष्मीनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुईले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : १२ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ