ब्रेकअपपछि कियाराले भनिन्,’म कसैलाई भुलाउन चाहँदिन’ « Khabarhub

ब्रेकअपपछि कियाराले भनिन्,’म कसैलाई भुलाउन चाहँदिन’


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही दिन यता राम्रो चर्चासँगै मिडियामा स्थान पाइरहेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाट समेत बन्द गरिसकेका छन् । शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो । यद्यपि यी दुईसँग नजिक रहेका एक सदस्यले ब्रेकको पुष्टि गरेका छन् । उनले टाइम्स अफ इन्डियाको कुराकानीमा सिद्धार्थ र कियारा बीचमा सब ठीकठाक भएता पनि ब्रेकअप भएको बताएका थिए । त्यसपश्चात् ब्रेकअपको खबरले मिडियामा राम्रो स्थान पाइरहेको छ । 

‘सिद्धार्थ र कियाराको बन्डिङ निकै राम्रो थियो । उनीहरु दुवैले चाँडै बिहे गर्ने सोच बनाएका थिए । तर, अहिले उनीहरूको बीचमा के भयो जसका कारण उनीहरूले अलग हुने निर्णय गरेका छन् । 

हामी आशा गर्दछौँ  कि उनीहरूबीचको दरारहरू समाधान होस् ‘ सिद्धार्थ र कियारासँग नजिक रहेका एक सदस्यले बलिउड लाइफसँग कुरा गर्दै भनेका छन् । यी दुईको ब्रेकअपको कारण बाहिर नआएता पनि कियाराले मिडियासँग कुराकानी गरेकी छिन् । आफ्नो फिल्म ‘भूल भुलैया २’ को एक इभेन्टमा कुराकानी गर्ने क्रममा आफ्नो लाइफमा आएका सबै मानिस महत्वपूर्ण रहेको बताएकी छिन् । 

उनले एक पत्रकारको जिज्ञासामा जवाफ दिदै भनिन् ,’मैले सबैबाट केही न केही सिकेकी छु । त्यसैले मेरो जीवनसँग जोडिएका सबै महत्वपूर्ण छन् । म उनीहरूलाई भुलाउन होइन, ससम्झिन चाहन्छु ‘।

यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिशन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । साथै, कियारा अभिनीत फिल्म ‘भूल भुलैया २’ रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ४९ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका