ब्रेकअपपछि कियाराले भनिन्, ‘म कसैलाई भुलाउन चाहदिनँ’ « Khabarhub

ब्रेकअपपछि कियाराले भनिन्, ‘म कसैलाई भुलाउन चाहदिनँ’


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही दिन यता राम्रो चर्चासँगै मिडियामा स्थान पाइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाटसमेत बन्द गरिसकेका छन् । ‘शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो ।

यद्यपि यी दुईसँग नजिक रहेका एक सदस्यले ब्रेकको पुष्टि गरेका छन् । उनले टाइम्स अफ इन्डियाको कुराकानीमा सिद्धार्थ र कियाराबीचमा सब ठीकठाक भएता पनि ब्रेकअप भएको बताएका थिए ।

त्यसपश्चात ब्रेकअपको खबरले मिडियामा राम्रो स्थान पाइरहेको छ ।

‘सिद्धार्थ र कियाराको बन्डिङ निकै राम्रो थियो । उनीहरू दुवैले चाँडै बिहे गर्ने सोच बनाएका थिए । तर, अहिले उनीहरूको बीचमा के भयो जसका कारण अलग हुने निर्णय गरेका छन् । हामी आशा गर्दछौँ कि उनीहरूबीचको दरारहरू समाधान होस्‘ सिद्धार्थ र कियारासँग नजिक रहेका एक सदस्यले बलिउड लाइफसँग कुरा गर्दै भनेका छन् । यी दुईको ब्रेकअपको कारण बाहिर नआएता पनि कियाराले मिडियासँग कुराकानी गरेकी छन् ।

आफ्नो फिल्म ‘भूल भुलैया २’ को एक इभेन्टमा कुराकानी गर्ने क्रममा आफ्नो लाइफमा आएका सबै मानिस महत्वपूर्ण रहेको बताएकी छन् । उनले एक पत्रकारको जिज्ञासामा जवाफ दिँदै भनिन्,’मैले सबैबाट केही नकेही सिकेकी छु । त्यसैले मेरो जीवनसँग जोडिएका सबै महत्वपूर्ण छन् । म उनीहरूलाई भुलाउन होइन, सम्झिरहण चाहन्छु ।’

यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिशन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । साथै, कियारा अभिनीत फिल्म ‘भूल भुलैया २’ रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ५३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक