ब्रेकअपपछि कियाराले भनिन्, 'म कसैलाई भुलाउन चाहदिनँ' | Khabarhub Khabarhub

ब्रेकअपपछि कियाराले भनिन्, ‘म कसैलाई भुलाउन चाहदिनँ’


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही दिन यता राम्रो चर्चासँगै मिडियामा स्थान पाइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाटसमेत बन्द गरिसकेका छन् । ‘शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो ।

यद्यपि यी दुईसँग नजिक रहेका एक सदस्यले ब्रेकको पुष्टि गरेका छन् । उनले टाइम्स अफ इन्डियाको कुराकानीमा सिद्धार्थ र कियाराबीचमा सब ठीकठाक भएता पनि ब्रेकअप भएको बताएका थिए ।

त्यसपश्चात ब्रेकअपको खबरले मिडियामा राम्रो स्थान पाइरहेको छ ।

‘सिद्धार्थ र कियाराको बन्डिङ निकै राम्रो थियो । उनीहरू दुवैले चाँडै बिहे गर्ने सोच बनाएका थिए । तर, अहिले उनीहरूको बीचमा के भयो जसका कारण अलग हुने निर्णय गरेका छन् । हामी आशा गर्दछौँ कि उनीहरूबीचको दरारहरू समाधान होस्‘ सिद्धार्थ र कियारासँग नजिक रहेका एक सदस्यले बलिउड लाइफसँग कुरा गर्दै भनेका छन् । यी दुईको ब्रेकअपको कारण बाहिर नआएता पनि कियाराले मिडियासँग कुराकानी गरेकी छन् ।

आफ्नो फिल्म ‘भूल भुलैया २’ को एक इभेन्टमा कुराकानी गर्ने क्रममा आफ्नो लाइफमा आएका सबै मानिस महत्वपूर्ण रहेको बताएकी छन् । उनले एक पत्रकारको जिज्ञासामा जवाफ दिँदै भनिन्,’मैले सबैबाट केही नकेही सिकेकी छु । त्यसैले मेरो जीवनसँग जोडिएका सबै महत्वपूर्ण छन् । म उनीहरूलाई भुलाउन होइन, सम्झिरहण चाहन्छु ।’

यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिशन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । साथै, कियारा अभिनीत फिल्म ‘भूल भुलैया २’ रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ५३ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका