अफगानिस्तानको मस्जिदमा गराइएको बम आक्रमणको राष्ट्रसंघद्वारा निन्दा | Khabarhub Khabarhub

अफगानिस्तानको मस्जिदमा गराइएको बम आक्रमणको राष्ट्रसंघद्वारा निन्दा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको ‘घातक विस्फोट’ को निन्दा गरेको छ । विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

शहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा सर्वसाधारणलाई निशाना बनाई भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो ।

संयुक्त राष्ट्रसंघको समाचारका निकाय युएन न्युजका अनुसार स्थानीय अस्पतालहरूले धेरै हताहतिको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिकाहरू छन् ।

गैर सरकारी संस्थाद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितहरूलाई भर्ना लिएको थियो, जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

‘रमजानको पवित्र महिनाको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार हो जो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्’ अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘आफ्नो दैनिक रोजीरोटी, प्रार्थना, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकहरूलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो’ उनले थपे ।

यसअघि बिहीबार उत्तरी अफगानिस्तानको मजार–ए–शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको थियो । घटनामा अरु १५ जना घाइते भएका थिए ।

अलकबारोभले नागरिक र मस्जिदहरू लगायत नागरिक पूर्वाधारहरू विरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तर्राष्ट्रिय मानवीय कानूनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : ४१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय