इलाममा गाडिएको अवस्थामा महिलाको शव फेला « Khabarhub

इलाममा गाडिएको अवस्थामा महिलाको शव फेला


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता काफ्ले हराइरहेको भन्दै प्रहरीमा हुलियासहित जाहेरी दिएको थियो ।

परिवारको जाहेरीका आधारमा खोजी गर्दा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

काफ्लेको शव अहिलेसम्म पोस्टमार्टम लागि समेत पठाइएको छैन । ‘घटना कम्लिकेटेड देखिए शव पोस्टमार्टम लागि धरान पठाउँछौँ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘हामी हेर्दैछौँ।’

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ४५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष