छोरीलाई करणी गरेको अभियोगमा बुवा पक्राउ  « Khabarhub

छोरीलाई करणी गरेको अभियोगमा बुवा पक्राउ 


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

१२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बुवा पक्राउ परेका हुन् ।

आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : २७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान