माओवादीबाट एमालेमा प्रवेश गरेका उम्मेदवारको मनोनयन कायमै « Khabarhub

माओवादीबाट एमालेमा प्रवेश गरेका उम्मेदवारको मनोनयन कायमै


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेपछि नेकपा एमाले प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ ।

उनले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गरेका थिए । तर, उनले उम्मेदवारी भने फिर्ता लिएका छैनन् ।

निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । फिर्ता नलिएको भए पनि पार्टी नै परिवर्तन गरेपछि अब त्यसको कुनै अर्थ नभएको तामाङको भनाइ छ ।

‘मैले कार्यालय गएर उम्मेदवारी फिर्ता लिएको छैन,उनले भने, पार्टी नै परिवर्तन गरेकाले म निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी हुँदिनँ ।’

उनले उम्मेदवारी फिर्ता नलिएकाले यथावत् रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । ‘उहाँले उम्मेदवारी फिर्ता लिनु भएको छैन, कानूनी रूपमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा भाग लिन पाउनेछन्,  नेपालले भने ।

माओवादीका गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्जसमेत रहेका तामाङ एमालेमा प्रवेश गरेपछि माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार छैनन् । गोसाईकुण्ड गाउँपालिकामा अब नेपाली कांग्रेस, एमालेसहित विभिन्न दलका ६ उम्मेदवार अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ४७ बजे

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो