माओवादीबाट एमालेमा प्रवेश गरेका उम्मेदवारको मनोनयन कायमै | Khabarhub Khabarhub

माओवादीबाट एमालेमा प्रवेश गरेका उम्मेदवारको मनोनयन कायमै


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेपछि नेकपा एमाले प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ ।

उनले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गरेका थिए । तर, उनले उम्मेदवारी भने फिर्ता लिएका छैनन् ।

निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । फिर्ता नलिएको भए पनि पार्टी नै परिवर्तन गरेपछि अब त्यसको कुनै अर्थ नभएको तामाङको भनाइ छ ।

‘मैले कार्यालय गएर उम्मेदवारी फिर्ता लिएको छैन,उनले भने, पार्टी नै परिवर्तन गरेकाले म निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी हुँदिनँ ।’

उनले उम्मेदवारी फिर्ता नलिएकाले यथावत् रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । ‘उहाँले उम्मेदवारी फिर्ता लिनु भएको छैन, कानूनी रूपमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा भाग लिन पाउनेछन्,  नेपालले भने ।

माओवादीका गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्जसमेत रहेका तामाङ एमालेमा प्रवेश गरेपछि माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार छैनन् । गोसाईकुण्ड गाउँपालिकामा अब नेपाली कांग्रेस, एमालेसहित विभिन्न दलका ६ उम्मेदवार अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ४७ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ