कांग्रेसद्वारा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन « Khabarhub

कांग्रेसद्वारा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् ।

सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार आज यो उपसमिति गठन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली रहेका छन् ।

उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप

नेपाली कांग्रेसले भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप गरेको छ ।

कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज आचार्यको संयोजकत्वमा रहेको भातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको हो ।

उक्त समितिको सदस्यमा प्रकाश पन्त तनहुँ, धना खतिवडा ललितपुर, गोमा केसी ओखलढुङ्गा, डा. प्रेमध्वज लामा सिन्धुपाल्चोक, मणि उप्रेती झापा, उत्तम चापागाईँ भोजपुर, रेशम गुरुङ गोरखा, जगत बराम गोरखा, गणेश तिमिल्सिना चितवन, कुशुम थापा रुकुमपूर्व, मेघराज टण्डन कपिलवस्तु, भोजराज श्रेष्ठ सिन्धुपाल्चोक, निर्मला (निरु) खड्का ललितपुर, मोहम्मद जब्बारद्दिन मियाँ तनहुँ रहेका छन् ।

यस्तै सिर्जना मल्ल पर्वत, अनिलकृष्ण प्रसाईँ झापा, परोपकार अधिकारी काठमाडौँ, विपीन रामदम चितवन, प्रमोदहरी गुरागाईँ काठमाडौँ, मधुकर खनाल काभ्रेपलाञ्चोक, वजरङ्ग नेपाली महोत्तरी, लाओस राई नुवाकोट, युवराज पाण्डे स्याङ्जा, सञ्जीव यादव धनुषा, दीपक भण्डारी बर्दिया, क्षितिज भण्डारी कैलाली, सन्तोष कट्टेल सोलुखुम्बु, पुनम लामा काठमाडौँ, सोपानसिंह बोहरा डोटी र हरिहर परियार कञ्चनपुर छन् ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य पाण्डेको संयोजकत्वमा भातृ सङ्घ समन्वय एवं परिचालन उपसमिति गठन गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : ४८ बजे

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो